शौचालय जाने क्रममा चिप्लिएर सेनाका लेस नायकको मृत्यु


काठमाण्डु – दाङ जिल्लामा शौचालय जाने क्रममा चिप्लिएर अर्जुनखोलामा खस्दा नेपाली सेनाका लेस नायकको मृत्यु भएको छ ।

ज्यान जानेमा दाङको रणसिंह दल गण घोराहीमा दरबन्दी भई हाल अर्जुनखोलाको सैनिक पोष्टमा कार्यरत ३० वर्षीय शीतल थापा रहेका जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक सुशील थापा मगरले बताए ।

लमजुङको मध्यनेपाल नगरपालिका–९ निवासी थापा दिउँसो साढे १२ बजे शौचालय जाने क्रममा करीब २०० मिटर तल अर्जुन खोलामा खसेका प्रहरी निरीक्षक थापा मगरले जानकारी दिए ।

सैनिक पोष्ट नजिकै रहेको कच्ची शौचालय जाने क्रममा शीतल थापा खसेको अनुमान प्रहरीले गरेको छ । थापालाई लमही अस्पतालमा मृत घोषणा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement