मुगुमा एकै परिवारका ४ जना मृत फेला, छानबिन गर्दै प्रहरी


काठमाण्डु – मुगुको छायाँनाथ रारा नगरपालिका–६ मुन्दुमा एकै परिवारका ४ जना मृत फेला परेका छन् ।

घरमा छायानाथ रारा–६ मन्दु गाउँकी २८ वर्षकी श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, ८ महिनाका छोरा रहर र ९ वर्षकी छोरी अप्सरा मृत फेला परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले चारै जना शुक्रबार घरमा मृत फेला परेका जानकारी दिए ।

घटनाको खबर पाउनासाथ प्रहरी घटनास्थलमा पुगेको छ । चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा ल्याइएको थापाले बताए ।

घरबाहिर ताला लगाइएको भए पनि शुक्रबार बिहान ताला फोडेर भित्र हेर्दा चारै जनाको शव भेटिएको छ । थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement