चक्कु प्रहारबाट घाइते युवकको उपचारका क्रममा मृत्यु


रौतहट – सामान्य विवादमा चक्कु प्रहार हुँदा घाइते भएका रौतहटका १ युवकको उपचारका क्रममा मृत्यु भएको छ ।

गत शनिबार चक्कु प्रहारबाट घाइते भएका रौतहटको राजदेवी नगरपालिका–६ का २० वर्षीय युवक राहुल साहको उपचारका क्रममा निधन भएको हो ।

सामान्य विवाद हुँदा ३ जनाको समूहले चक्कु प्रहार गरेपछि घाइते भएका साहको वीरगञ्जस्थित एलपी न्यूरो अस्पतालमा उपचारका क्रममा निधन भएको अस्पताल प्रशासनले जनाएको छ ।

चक्कु प्रहार गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । चक्कु प्रहार गर्नेमध्ये अन्यको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement