अस्पतालको शैप्याबाट आगोले जलेकी महिलाको चित्कारः दाई मर्न चाहान्नँ !


उत्तरप्रदेश – भारतको उत्तरप्रदेशमा बलात्कारका विरूद्ध रायबरेलीस्थित अदालतमा बयान दिन जान लाग्दा ज्युँदै जलाइएकी युवतीको उपचारको क्रममा मृत्यु भएको छ ।

उत्तरप्रदेशको उन्नाओ जिल्ला सिन्दुपुर गाउँकी २० वर्षीय ती युवती बिहीबार अदालतमा बयान दिन जाँदै थिइन । रेल स्टेशनको नजिकै खेतमा लगेर उनलाई समातेर हागो लगाइएको थियो ।

ती महिलालाई गाउँ बाहिर लगी खेतमा पेट्रोल छर्केर जलाइएको थियो। शरीरमा आगो लागेकी ती महिला हारगुहार गर्दै नजिकैको गाउँ पुगेकी थिइन्।

शरीरका ९० प्रतिशत भाग जलेकी युवतीलाई उपचारका लागि दिल्लीस्थित अस्पताल लगियो तर, उपचारको क्रममा शुक्रबार राती उनको मृत्यु भएको बीबीसी हिन्दीले जनाएको छ ।

मृत्यु हुनुअघि ती महिलाले आफ्ना दाजुसँग आफूमाथि आगो लगाउनेहरूलाई फाँसीमा झुण्डाएको हेर्ने इच्छा रहेको बताएकी थिइन् ।

‘दाइ मलाई बचाउनुस् म मर्न चाहन्नँ,’ उनले दाइसँग भनेकी थिइन्, ‘जसले मलाई यो स्थितिमा पुर्‍याए, म तिनीहरूलाई फाँसी दिएको हेर्न चाहन्छु ।’

गत वर्ष डिसेम्बरमा बलात्कारको घटना भएको र त्यसको तीन महिनापछि ती महिलाले प्रहरीमा उजुरी दिएकी थिइन् ।

उनीमाथि पाँच व्यक्तिले बलात्कार गरेका थिए । बलात्कारी पाँचमध्ये तीन जनालाई पक्रिएर प्रहरीले हिरासतमा राखेको छ । दुई जना भने फरार छन् ।

यो घटनाले भारतभरि आक्रोश फैलिएको छ ।

केहीदिन अघि मात्र भारतको हैदरावाद सहरमा स्कुटर बिग्रेर सडकमा उभिइरहेकी भेटेरेनरी डाक्टरको बलात्कारपछि हत्या गर्ने चार जनालाई प्रहरीले इन्काउन्टर गरेर मारेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement