जापानमा अमेरिकी सेनाको विमान दुर्घटना, आठ जनाको मृत्यु


काठमाण्डु- जापानको याकुशिमा टापु नजिकै अमेरिकी सेनाको विमान दुर्घटना भएको छ । विमानमा आठ अमेरिकी सैनिक सवार थिए । जापानी कोस्ट गार्डका अनुसार उद्धारकर्मीहरूले घटनास्थलमा सास फेर्न नसकेका एक व्यक्तिलाई भेटेका थिए।

सरकारी अधिकारीहरूलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यममा उक्त विमानको अवशेष याकुशिमामा भेटिएको हुनसक्ने बताइएको छ । जापानको सरकारी मिडियाले रिपोर्ट गरेको छ कि विमान याकुशिमा एयरपोर्टमा अवतरण गर्न खोजिरहेको थियो जब यसको बायाँ इन्जिनमा आगो लाग्यो। यो विमान यामागुची क्षेत्रको इवाकुनी बेसबाट ओकिनावाको काडेना बेसका लागि उडेको बताइएको छ ।

समाचार एजेन्सी रोयटर्सको रिपोर्टका अनुसार जापानका मुख्य क्याबिनेट सचिव हिरोकाजु मात्सुनोले स्थानीय समय अनुसार १४:४० मा विमान राडारबाट हराएको बताए। कोस्ट गार्डले भनेको छ कि सात मिनेटपछि विमानबाट एक आपतकालीन सन्देश प्राप्त भयो। जसपछि विमान दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement