इरानी जनरलको चिहान नजिकै भएका दुई विस्फोटमा २० को मृत्यु


तेहरान – इरानमा बुधबार रिभोल्युसनरी गार्डका जनरल कासिम सुलेमानीको सन् २०२० मा भएको हत्याको वार्षिकी मनाउने भीडमा लगातार दुई वटा विस्फोट हुँदा कम्तीमा २० जनाको मृत्यु भएको सरकारी टेलिभिजनले बताएको छ ।

“विस्फोटमा कम्तीमा २० जनाको मृत्यु भएको छ”, टेलिभिजनले भनेको छ । विस्फोट दक्षिणी सहर केरमानस्थित साहेब अल–जमान मस्जिदमा इरानका रिभोल्युसनरी गार्डका विदेशी अभियान प्रमुख सुलेमानीको चिहान नजिकै भएको थियो ।

केही समयअघि मस्जिद नजिकै लगातार दुई वटा विस्फोटको सूचना प्राप्त भएको थियो । विस्फोटको कारणका बारेमा तत्काल कुनै जानकारी प्राप्त भएको छैन । सरकारी टेलिभिजनका तस्बिरहरूमा उक्त क्षेत्रमा धेरै एम्बुलेन्स र उद्धारकर्मी देखाइएको छ । इरानको तस्निम समाचार एजेन्सीका अनुसार विस्फोटमा ३० जना घाइते भएका छन् ।

सुलेमानीले इरानको इस्लामिक रिभोल्युसनरी गाड्र्स कोर्प्सको विदेशी अपरेसन शाखा कुद्स फोर्सको नेतृत्व गरेका थिए । उक्त शाखाले मध्यपूर्वमा सैन्य कारबाहीहरूको निरीक्षण गर्थ्यो ।

प्रतिक्रिया दिनुहोस
Advertisement