जयनगरबाट जनकपुर आउँदै गरेको रेलमा एक यात्रुको मृत्यु

जयनगरबाट जनकपुर आउँदै गरेको रेलमा एक यात्रुको मृत्यु


काठमाण्डु- भारतको जयनगरबाट जनकपुर आउँदै गरेको रेलमा सवार एक यात्रुको मृत्यु भएको छ। मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका ५० वर्षीय रामएकवाल पण्डित रहेको छन् ।

रेल चढेर जनकपुर आउने क्रममा उनी रेलको बोगीभित्रै ढलेका थिए। कर्मचारीले टिकट मागेपछि निकाल्ने क्रममा रेलको सिटमै ढलेका उनको मृत्यु भएको हो ।

मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाइएको प्रहरीले जनाएको छ ।