टक खाती, काठमाण्डु- डडेल्धुराको परशुराम नगरपालिकामा १० दिनको अन्तरालमा दुई युवतीको विष सेवनबाट मृत्यु भएको छ । जसअनुसार आज परशुराम नगरपालिका-१० की कौशीला महराको विष सेवनबाट मृत्यु भएको हाे ।
त्यस्तै १० नम्बर वडाकै पार्वती बोहराको विष सेवनबाट पुस २२ गते मृत्यु भएको थयो । आफ्नो प्रेमीकाले धोका दिएको भन्दै पार्वतीले विष सेवन गरेकी हुन् । उनको कोठामा प्रेमीकालाई सम्बोधन गरेको पत्र भेटिएको थियो । उक्त पत्रमा लेखिएको थियो ।
‘सुरुमा मलाई मायाको नाटक देखाएर माया जालमा फसायौँ । अनि विस्तारै विस्तारै मबाट टाढा भयौँ । तिमीलाई धेरै धेरै धन्यवाद छ । सधै खुसी रहनु । मेरो जिवन यति नै लेखिएको रहेछ । आमा बुवा तपाईहरुको सपना पुरा गर्न सकिन माफ गरिदिनुहोला ।’, उनले पत्रमा लेखेकी थिइन् । पार्वतीले प्रेमीकाको नाम भने पत्रमा खुलाएकी थिइनन् ।
उनले आफूले मृत्युको बाटो रोजे पनि प्रेमीकालाई फसाउन नखोजेको देखिन्छ । त्यस्तै कौसीलाले विष सेवन गरेको कारणबारे खुलेको छैन ।
प्रतिक्रिया