मोटरसाइकल दुर्घटनामा २ जनाको मृत्यु


महोत्तरी – जिल्लाको बर्दिबास नगरपालिका–३ कालापानी जंगलस्थित सडकमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

बा प्र ०२–०४३ प ७१८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सोमबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सर्लाहीको ईश्वरपुर नगरपालिका–५ बस्ने ३५ वर्षीय मनोज चौधरी र मोटरसाइकलमा सवार उनकै श्रीमती २४ वर्षीया शिवानी चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको उपचारका लागि बर्दिबासस्थित जनसेवा अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement