छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु

File Photo

काठमाण्डु – देशभर विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारीसाधन दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

कैलालीको गोदावरी नगरपालिका–७ हरैयास्थित सडकमा बा५ख १४१० नम्बरको बसले सुप प्र ०१–०११ प ४६५४ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार गोदावरी नगरपालिका–६ बडैया बस्ने ३५ वर्षीय नन्दराम चौधरीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकलाई उपचारका लागि निसर्ग अस्पताल धनगढीतर्फ पठाइएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

धनुषाको नगराईन नगरपालिका–३ बलहती पोखरी नजिक सडकमा ना५ख २८४० नम्बरको बसले प्रदेश २–०२–००१प २४८७ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक मुखियापट्टी मुसहरनिया गाउँपालिका–१ बस्ने २५ वर्षीय दिपक साहको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको जानकी हेल्थ केयर अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको रामनन्द अस्पताल जनकपुरमा उपचार भइरहेको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

रौतहटको चन्द्रपुर नगरपालिका–१० बलुवास्थित ना६त ८४४७ नम्बरको ट्रयाक्टर खेत जोत्ने क्रममा अनियन्त्रित भई पल्टिँदा चालक वृन्दावन नगरपालिका–२ बस्ने २२ वर्षीय सरोज पटेलको बुधबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।