बर्दिया – जिल्लाको बाँसगढी नगरपालिकामा खोलाले बगाएर १ जनाको मृत्यु भएको छ ।
बाँसगढी नगरपालिका–३ माहादेवा बस्ने ३५ वर्षीया पार्वती थारूको मानखोलाले बगाएर मृत्यु भएको छ ।
पार्वती र उनकै श्रीमान जागु थारूलाई खोलाले बुधबार दिउँसो बगाएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुर र सशस्त्र प्रहरी बल सुरक्षा गण कतर्निया बर्दियाबाट खटिएको संयुक्त टोलीले जागुको सकुशल उद्धार गरी उपचारका लागि मेडिकल कलेज कोहलपुर बाँकेतर्फ पठाएको थियो ।
पार्वतीको खोजी गर्ने क्रममा बाँकेको बैजनाथ गाउँपालिका–६ सिमलकुनास्थित खोलाको किनारमा बिहीबार शव फेला परेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया