धनगढी – कैलाली जिल्लाको चुरे गाउँपालिका–६ ढुङ्गेनी गाउँका डम्मरबहादुर चुनाराले बञ्चरो प्रहार गरी ४७ वर्षीया श्रीमती हीरादेवी चुनाराको हत्या गरेका छन् ।
आरोपी डम्मरले श्रीमतीको टाउकोमा बञ्चरो प्रहार गर्दा हीरादेवीको घटनास्थलमा नै मृत्यु भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डम्बरलाई ईलाका प्रहरी कार्यालय फल्टुडेले पक्राउ गरेको छ ।
शुक्रबार राति नै धनगढी क्षेत्रबाट बझाङको केदारस्यू गाउँपालिका–२ का २० वर्षीय पारस रावल र धनगढी उपमहानगरपालिका–१४ का १९ वर्षीय आकाश मगरलाई लागूऔषध खैरो हिरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया