प्रहरी ब्यारेकमै महिला प्रहरी मृत फेला

प्रहरी ब्यारेकमै महिला प्रहरी मृत फेला


काठमाण्डु – प्रहरी प्रभाग साँखुमा कार्यरत महिला प्रहरी मृत फेला परेकी छन् ।

बुधबार बिहान ५ बजेदेखि ड्युटीमा खटिएकी प्रहरी जवान निशा चौधरी ब्यारेकमै मृत फेला परेकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाण्डुका प्रवक्ता एसपी अपिलराज बोहराले उनी साढे ११ बजेसम्म ड्युटी गरेर ब्यारेकमा फर्किएकी उनलाई सहकर्मीले झुण्डिएको अवस्थामा मृत फेला छन् ।

घटनाका सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।