रौतहट – सर्लाहीको रानिगञ्जमा बस र म्याजिक ठोक्किँदा १ युवतीको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा ८ जना घाइते भएका छन् ।
लालबन्दी नगरपालिका–१७ स्थित रानिगञ्जको घिमिरे चोकमा सोमबार अपराह्न पौने ५ बजेतिर दुर्घटनामा भएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार विराटनगरबाट मंगलबारका लागि छुटेको ना६ख ७२२७ नम्बरको बस र लालबन्दीबाट बयलवासतर्फ जाँदै गरेको ना१ज २६४५ नम्बरको म्याजिक ठोक्किँदा म्याजिकमा सवार रानिगञ्जकै २२ वर्र्षीया युवती सोना पन्तको घटनास्थलमै मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय लालबन्दीका प्रहरी निरीक्षक (इन्स्पेक्टर) वीरेन्द्रसिंह जोहारीका अनुसार राजमार्ग विस्तार गर्न बनाइएको डाइभर्सन भएको ठाउँमा दुर्घटना भएको छ । दुर्घटनामा घाइते भएकाको स्थानीय मोडेल अस्पतालमा उपचार भईरहेको उनले जानकारी दिए ।
मृतक युवतीको शव सोही अस्पतालमा रहेको दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
प्रतिक्रिया