काठमाण्डु – कास्की जिल्लाको पोखरा महागनरपालिका–२५ हेम्जास्थित मर्दी खोलाको ड्याममा पौडी खेल्ने क्रममा बेपत्ता भएका २ बालकको शव सशस्त्र प्रहरी बलको गोताखोरले निकालेको छ ।
माछापुच्छ्रे गाउँपालिका–६ बस्ने १४ वर्षीय विशाल परियार र १३ वर्षीय विवश परियार पौडी खेल्ने क्रममा जेठ १५ गते दिउँसो करीब १३ः४५ बजे डुबेर बेपत्ता भएका थिए ।
घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्र कटवालको कमाण्डमा खटिएको गोताखोर सहितको सुरक्षा फौजले दुवै जनाको शव करीब २० फिट गहिराइबाट बाहिर निकालेको छ ।
टोलीले खोजीकार्य गर्ने क्रममा विवश परियारको शव १४ः१० बजे र विशाल परियारको शव १५ः०० बजे फेला पारेको थियो ।
प्रतिक्रिया