सोलुखुम्बु – अटो दुर्घटना हुँदा सोलुखुम्बुमा १ जनाको मृत्यु भएको छ ।
सोलुदुधकुण्ड नगरपालिका–८ बाघखोरस्थित सडकमा सल्लेरीबाट पत्तालेतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–००२ स ९१९४ नम्बरको अटो अनियन्त्रित भई सडकबाट करीब १५० मिटर तल खसेर मंगलबार बिहान दुर्घटना हुँदा अटोमा सवार ओखलढुङ्गा मोलुङ गाउँपालिका–८ बस्ने २८ वर्षीय लाक्पा शेर्पाको घटनास्थालमै मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका अटो चालक समेत ३ जनाको जिल्ला अस्पताल फाप्लुमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया