कपिलवस्तु – ट्रयाक्टर दुर्घटना हुँदा कपिलवस्तुमा २ जनाको मृत्यु भएको छ ।
कपिलवस्तु नगरपालिका–८ पश्चिम दोहनीस्थित सडकमा ना५त ३१४० नम्बरको ट्रयाक्टर अनियन्त्रित भई पोखरीमा खसेर सोमबार बिहान दुर्घटना हुँदा ट्रयाक्टरमा सवार कपिलवस्तु नगरपालिका–८ पश्चिम बेलहवा बस्ने ४० वर्षीया दुर्गावती कोरी समेत २ जनाको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया