शान्ति मिसनमा ज्यान गुमाएका नरबहादुरको यसरी गरियो अन्तिम बिदाई (फोटो)


काठमाडौं – संयूक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत रहँदा लेबनानमा मृत्यु भएका धादिङ मुलपानीका ३५ वर्षीय नरबहादुर मगरको अन्तिम विदाई गरिएको छ । मगरको गत मंगलबार सवारी दुर्घटनामा परेर मृत्यु भएको थियो ।

लेबनानस्थित संयूक्त राष्ट्रसंघीय अन्तरिम बलका प्रमुख मेजर जनरल स्टेफनो कोलको उपस्थितिमा राजधानी बैरुटको र्‍याफिक हारिरी इन्टरनेसनल एयरपोर्टमा मगरको अन्तिम विदाई गरिएको हो ।

सो अवसरमा स्व‍‍‍. मगरले गरेको योगदानको कदरस्वरुप कोलले ‘यूएन मेडल’बाट सम्मान गरेका थिए । उनले मृतकको आत्माप्रति शान्तिको कामना गर्दै परिवारजनप्रति समवेदना प्रकट गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement