काठमाण्डु- शुक्रबार बिहान मलंगवा नगरपालिका–४ स्थित पन्दुबा पोखरीमा ३५ वर्षीय दिवानी भन्ने मोहबुब मिकरानीको शव तैरिरहेको अवस्थामा फेला परेको सर्लाही प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार सबेरै पोखरीभित्र बेवारिसे अवस्थामा शव देखेपछि स्थानीयले खबर गरेका थिए। त्यसपछि घटनास्थल पुगेको प्रहरीले अनुसन्धान सुरु गरेको हो। मृतककी आमाले घटनास्थलमै पुगेर शवको सनाखत गरेकी थिइन्।मृतककी आमाले छोराको हत्या भएको हुन सक्ने आशंका गर्दै घटनाको निष्पक्ष छानबिनको माग गरेकी छन्।
घटनास्थलको प्रकृति मुचुल्का गरी शवलाई पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवामा राखिएको सर्लाही प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिएका छन्। उनका अनुसार मृतकको शरीरमा हालसम्म कुनै शंकास्पद चोटपटक नदेखिए पनि पोस्टमार्टमपछि मात्र मृत्युको वास्तविक कारण खुल्नेछ।




प्रतिक्रिया