भक्तपुर – भक्तपुर नगरपालिका–६ व्यासीस्थित सडकमा कालिघाटबाट व्यासीतर्फ आउँदै गरेको बा प्र ०१–००४ क ०७०१ नम्बरको बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएको छ ।
पैदलयात्री भक्तपुर कालिघाट बस्ने उदयपुर घर भएका टंक विकको छोरा ७ वर्षीय रोमन विकको बिहीबार दिउँसो मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको भक्तपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ ।
बस चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया