जङ्गली च्याउ खाँदा पाल्पामा २ जनाको मृत्यु

जङ्गली च्याउ खाँदा पाल्पामा २ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

पाल्पा – जङ्गली च्याउ खाँदा पाल्पाको रम्भा गाउँपालिका–५ फलकुनमा २ जनाको मृत्यु भएको छ ।

जङ्गलबाट खोजेर ल्याएको च्याउ पकाएर खाएपछि फलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर र सोही ठाउँकी ३५ वर्षीया बालकुमारी खाम्चाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भिमलाल भट्टराईले जानकारी दिए ।

उनका अनुसार च्याउ खाएर बिरामी परेका उनीहरुको उपचारका क्रममा तानसेनस्थित मिसन अस्पतालमा मृत्यु भएको हो । ‘गत शुक्रबार नजिकैको जङ्गलबाट उहाँहरूसहित ३ जनाले च्याउ ल्याएर खानु भएको रहेछ । शनिबार बिहानदेखि बान्ता र झाडापखला हुन थालेपछि उपचारका लागि अस्पताल पुर्‍याइएको थियो,’ प्रहरी नायव उपरीक्षक भट्टराईले भने, ‘उपचारका क्रममा विनिमायाको सोमबार र बालकुमारीको मङ्गलबार मृत्यु भएको हो ।’

च्याउ खाई बिरामी भएकी ५० वर्षीया यममाया जर्घा मगरको भने उपचार भइरहेको  छ । उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । त्यसैगरी जिल्लाको तानसेन, निस्दी र माथागढीमा पनि विषालु च्याउ खाएर १२ जना बिरामी परेका छन् ।