बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – काठमाण्डु जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी २ सिखरकटेरीमा आज दिउँसो बसले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

काठमाण्डुबाट वीरगञ्जतर्फ आउँदै गरेको बा प्र ०१–००६ ख ९६११ नम्बरको बसले घुम्तीमा विपरीत दिशातर्फ जाँदै गरेको ना ५९ प ३३४५ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो ।

स्कुटर चालक स्थानीय ५५ वर्षीय दोर्जेरत्न योञ्जन रहेको छ । चालक हेटौडा सिएमसी चुरेहिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले बताए । स्कुटरलाई ठक्कर दिने बस र बसका चालक काभ्रेको चौरीदेउराली गाउँपालिका–२ निवासी ४१ वर्षीय शिवबहादुर चौलागाईं रहेको छ । दोषीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको छ ।