करेन्ट लागेर १ महिलाको मृत्यु

करेन्ट लागेर १ महिलाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सर्लाही – चापाकलमा जोडेको मोटरबाट करेन्ट लाग्दा रामनगरका १ महिलाको शनिबार मृत्यु भएको छ ।

रामनगर गाउँपालिका–६ मलाहटोल बस्ने ५० वर्षकी मिथलेसिया देवीको करेन्ट लागेर मृत्यु भएको हो ।

आफ्नै घर पछाडि रहेको चापाकलबाट पानी तान्ने क्रममा उनलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए ।

उनका अनुसार मिथलेसिया देवीको करेन्ट लागेर घटनास्थलमै मृत्यु भएको थियो । शव रहेको घटनास्थलको मुचुल्कापछि परीक्षणको लागि प्रादेशिक अस्पताल मलङ्गवामा राखिएको छ ।

घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।