रूखबाट खसेर बालिकाको मृत्यु

रूखबाट खसेर बालिकाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बाजुरा – जिल्लाको खप्तड छेडेदह गाउँपालिकामा शनिबार रूखबाट खसेर १ बालिकाको उपचारका क्रममा मृत्यु भएको छ ।

मृत्यु हुनेमा सोही गाउँपालिका–३ पुडाबाउला बस्ने आइते रावतकी ९ वर्षीया छोरी प्रिन्सा रावत रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक तथा प्रवक्ता नरेशबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार शनिबार घर नजिकैको बारीमा रहेको तिमिलाको रूखमा घाँस काट्ने क्रममा रूखबाट खसेर गम्भीर घाइते रावतको अछामको बयालपाटा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको बताए ।

रूखबाट खसेर गम्भीर घाइते भएकी बालिकालाई अछाम बयालपाटा अस्पतालमा उपचारका लागि लगिएको थियो ।