नुहाउन गएका २ बालकको डुबेर मृत्यु

नुहाउन गएका २ बालकको डुबेर मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चन्द्रपुर – रौतहटको बागमती नदीमा नुहाउन गएका २ बालकको डुबेर मृत्यु भएको छ ।

आईतबार दिउँसो बागमती नदीमा नुहाउन गएका गढीमाई नगरपालिका–१ समनपुर हरैयाका भन्टु राय यादवको ८ वर्षीय छोरा अनिकेश र सोही गाउँका सुरेश यादवका ८ वर्षीय छोरा आदित्यको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमले जानकारी दिए ।

दुवै बालक नुहाउनका लागि गाउँ नजिकैको बागमती नदीमा गएका थिए ।

नुहाउने क्रममा बालक हराएको खबर पाएपछि इलाका प्रहरी कार्यालय समनपुरका प्रहरी नायब निरीक्षक मुना पासवानको नेतृत्वको प्रहरी टोलीले खोजी कार्य गरेको प्रहरी नायव उपरीक्षक गौतमले जानकारी दिए ।