काठमाण्डु– भोटेकोसी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या १३ सय नाघेको छ।
नेपाल प्रहरीले सार्वजनिक गरेको शुक्रबार राति ९ बजेसम्मको विवरण अनुसार १ हजार ३२५ जनाको शव फेला परेको हो ।
मृत्यु हुनेमा ५२२ पुरुष र ३२१ महिला रहेका छन् भने ४८२ जनाको आंशिक अंग फेला परेका छन् ।
बाढीमा परी बेपत्ता भएकामध्ये पहिचान हुन नसकेका १ हजार ३० जनाको शव जमिनमुनि गाडिएको प्रहरीले जनाएको छ। घटनापछि स्वदेशी तथा विदेशी गरी ८ हजार ८९८ जना अझै सम्पर्कविहीन छन्।
प्रहरीका अनुसार अहिलेसम्म १ हजार २६० मृतकको डीएनए नमुना संकलन गरिएको छ। मृतकका आफन्तमध्ये ८४६ जनाको पनि डीएनए नमुना संकलन गरिएको छ।
बाढीबाट भएको मानवीय क्षतिको पहिचान तथा बेपत्ताको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ।





प्रतिक्रिया