काठमाण्डु– भोटेकोसी बाढीमा परी गम्भीर घाइते भएका एक युवकको त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा मृत्यु भएको छ ।
करिब २५ वर्षीय युवकको उपचारका क्रममा बिहीबार ज्यान गएको अस्पतालले जनाएको छ ।
नेपाली सेना र निजी कम्पनीका हेलिकोप्टरले बुधबारदेखि नै प्रभावित क्षेत्रबाट घाइते र बाढीमा फसेकाको उद्धार गरिरहेका छन् ।
हालसम्म २६ घाइतेलाई उपचारका लागि शिक्षण अस्पताल ल्याइएको अस्पतालका प्रवक्ता डा. गोपाल सेढाईंले जानकारी दिए । जसमध्ये ६ जनाको अवस्था गम्भीर छ ।
उनीहरुको आईसीयूमा उपचार भइरहेको डा. सेढाईंले बताए ।




प्रतिक्रिया