दार्चुलाको होटलमा मृत भेटिए सई रावल


दार्चुला – नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) ध्रुव रावल होलटमा मृत अवस्थामा फेला परेका छन् । जिल्लाको महाकाली नगरपालिका–४ बंगाबगडको होटलमा सई रावल आज बिहान मृत अवस्थामा फेला परेको प्रहरी निरीक्षक सुरेन्द्रप्रसाद जोशीले जानकारी दिए ।

४० वर्षीय सई रावलको स्थायी घर कैलालीको टीकापुरमा रहेको जोशीले जानकारी दिए । इलाका प्रहरी कार्यालय, हुतीको लागि सरूवा भएका उनी राति होटलमा बास बसेका थिए ।

प्रेसरका बिरामी रहेका रावल सरुवा भएर हुती जाँदै थिए । उनी होटलको बाथरुममा मृत अवस्थामा फेला परेको इन्सपेक्टर रावलले जानकारी दिए ।

लडिरहेको अवस्थामा भेटिएका रावललाई जिल्ला अस्पताल दार्चुला लगिएको थियो । उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए । प्रहरीले घटनाको विषयमा थप अनुसन्धान भइरहेको जानकारी दियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement