श्रीमती र छोराछोरीको हत्यापछि दिनेशले गरे आत्महत्या


काठमाण्डु – काठमाण्डुको काभ्रेस्थलीमा एकै परिवारका चारजना मृत भेटिएको घटनामा ‘सुसाइड नोट’ फेला परेको छ ।

तारकेश्वर नगरपालिकास्थित वडा नम्बर-२ काभ्रेस्थलीमा गोरखा घर भई पदमसालमा बस्दै आएका दिनेश पाण्डे, उनकी श्रीमती सुनिता काप्री पाण्डे, ११ वर्षका छोरा आशिक र ७ वर्षकी छोरी आशिका मृत अवस्थामा फेला परेका थिए ।

घटनास्थलमा ४ पेजको ‘सुसाइड नोट’ भेटिएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार नोटमा श्रीमान–श्रीमतीको बेमेलबारे केही कुरा लेखिएका छन् ।

पाण्डेले परिवारका सदस्यहरुको हत्या गरेर आत्महत्या गरेको आशंका गरिएको छ । घटनाको प्रकृति हेर्दा दिनेशले श्रीमती छोराछोरीको हत्या गरिसकेपछि आफूले आत्महत्या गरेको हुन सक्ने प्रहरीको अनुमान छ ।

घरमूली दिनेश पाण्डेकी श्रीमती सुनिता, छोरा र छोरी गरी तीन जनाको शव एउटा कोठामा भेटिएको छ भने दिनेशको शव फरक कोठामा झुन्डिएको अवस्थामा छ । घटनामा प्रयोग भएको एउटा चक्कु भेटिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement