माछा मार्न गएका दुई जनाको मृत्यु


स्याङ्जा – स्याङ्जामा माछा मार्ने क्रममा दुई जनाको मृत्यु भएको छ ।

माछा मार्ने क्रममा ज्या नगुमाउनेमा फेदीखोला गाउँपालिका–२, कुखुरे खोलाका ६२ वर्षीय पूर्णबहादुर खड्का र पुतलीबजार नगरपालिका–१०, राङखोला बस्ने ४२ वर्षीय मनबहादुर थापा रहेको प्रहरीले जनाएको छ ।

खड्काको कुखुरे खोलामा जाल हान्ने क्रममा चिप्लिएर ज्यान गएको र थापाको माछा मारेर खोला तर्ने क्रममा खोलाले बगाउँदा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक नवीन कृष्ण भण्डारीले जानकारी दिए ।

मृतक खड्का र थापाको पोस्टमर्टमका लागि जिल्ला अस्पताल स्याङ्जामा लगिएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement