प्नधानमन्त्रीले सम्बोधन गरीरहेकाे बेला कार्यक्रममै ढलेका वडाध्यक्षको मृत्यु


मुगु- रारा–कर्णाली पर्यटन वर्ष–२०७५ को उद्घाटन समारोहमा सहभागी जुम्लाका एक वडाध्यक्षको आज कार्यक्रमस्थलमै ढलेपछि मृत्यु भएको छ ।जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का वडाध्यक्ष कालीबहादुर घर्तीको कार्यक्रम चलिरहेकै बेला मृत्यु भएको हो ।

६० वर्षीय घर्ती महोत्सवमा सहभागी हुन दुई दिन हिँडेर रारा आएका थिए । स्थानीय निर्वाचनमा उनी नेकपा (एमाले) बाट निर्वाचित भएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले महोत्सवलाई सम्बोधन गरिरहेका बेला उनी ढलेका थिए। नजिकै रहेको स्वास्थ्य शिविरमा लैजाँदै गर्दा उनको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement