गायिका कोमल वलीलाई मातृशोक


काठमाण्डु – चर्चित गायिका, एमाले नेत्री तथा पूर्व राष्ट्रियसभा सदस्य कोमल वलीलाई मातृशोक परेको छ ।

उनकी आमा दीपा वलीको ८२ वर्षको उमेरमा काठमाण्डुको अल्का अस्पतालमा निधन भएको हो ।

उनको शनिबार दिउँसो ११ः४२ बजे निधन भएको चिकित्सकले घोषणा गरेका जनाइएको छ ।

हड्डीसँग सम्बन्धित ओस्टियोपोरोसिस रोगबाट केही समयअघिदेखि बिरामी ओलीको केही हप्तायता अल्का अस्पतालमा उपचार भइरहेको थियो ।

विक्रम संवत् १९९८ सालमा रोल्पामा जन्मिएकी दीपा वलीले संकलन गरेका मलमलकिरी जुनकिरी नामको गीतले नै कोमल वलीलाई गायनमा स्थापित गराएको हो ।

दीपा वलीको संकलन तथा रचनामा रेडियो नेपाल, म्युजिक नेपाल तथा विभिन्न रेकिर्डङ स्टुडियोमा २ दर्जनभन्दा बढी गीत रेकर्ड भएका छन् ।

दीपा ललित ट्रस्टकी संरक्षक रहेकी दीपा वली २०४३ सालमा राप्ती अञ्चल महिला संगठनमा उपसभापति भएकी थिइन् । उनी नेपाल रेडक्रसकी आजीवन सदस्य पनि हुन् । उनका श्रीमान्, २ छोरा र २ छोरी छन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement