काठमाण्डु- सशस्त्र प्रहरी बलका एसएसपी दीपक अधिकारीलाई नायब महानिरीक्षक (डीआईजी) मा बढुवाका लागि सिफारिस गरिएको छ ।विहीवार गृह मन्त्रालयको बढुवा सिफारिस समितिले अधिकारीको नाम डीआईजीमा सिफारिस गरेको हो ।
अधिकारीलाई डीआईजीमा सिफारिस गरेकोमा चित्त नबुझे सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षक (एसएसपी)हरुले ७ दिनभित्र उजुरी गर्न सक्ने सिफारिस समितिले जनाएको छ ।
प्रतिक्रिया