सुरक्षा विद् डाक्टर दीपक प्रकाश भट्ट वाम गठबन्धनबाट उम्मेदवार, रमेश लेखकसँग रोचक प्रतिस्पर्धा


काठमाडौं– सेना, सुरक्षा र अन्र्तराष्ट्रिय  मामिलाका जानकार डाक्टर दीपक प्रकाश भट्ट वाम गठबन्धनबाट कञ्चनपुर क्षेत्र नम्बर ३ को उम्मेदवार बनेका छन्।

 

 

 

आगामी मंसिर २१ गतेका लागि तय भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा भट्टले एमालेबाट टिकट पाएका हुन्।

 

 

 

भट्टको कांग्रेस नेता रमेश लेखकसँग रोचक प्रतिस्पर्धा हुने भएको छ।

 

 

 

अन्तर्राष्ट्रिय सम्बन्धनमा भारतको जेएनयु विश्वविद्यालयबाट पीएचडी गरेका भट्ट एमाले विदेश विभाग सदस्य हुन्।

 

उनी तत्कालीन सेना समायोजन विशेष समितिको मातहतमा रहेको प्राविधिक समिति सदस्य समेत थिए। हाल भट्ट परराष्ट्र नीति पुनरावलोकन समिति सदस्य छन्।

 

 

 

प्रतिनिधिसभाको उम्मेदवारको सिफारिसको क्रममा पार्टीभित्र भोटिङ हुँदा उनी पहिलो नम्बरमा थिए। र, अन्ततः टिकट पनि पाए।

 

 

 

यसैगरी, वाम गठबन्धनले कञ्चनपुर क्षेत्र नम्बर १ मा विना मगर र २ मा नरबहादुर धामीलाई उम्मेदवार बनाएको छ। विनाले माओवादी र धामीले एमालेबाट टिकट पाएका हुन्।

 

प्रदेश सभाका लागि भने सहमति हुन सकेको छैन।

प्रतिक्रिया दिनुहोस
Advertisement