बेपत्ता दीपक मनाङे बर–पिपल रिसोर्टमा भेटिए


काठमाण्डु – गण्डकी प्रदेशका खेलकुदमन्त्री दीपक मनाङे पोखराको एक रिसोर्टमा फेला परेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेशसभामा विश्वासको मत माग्ने समयमा मन्त्री गुरुङ बेपत्ता भएका थिए ।

प्रहरीले बिहीबार बिहानबाट खोजी गर्दा मन्त्री मनाङे बर–पिपल रिसोर्टमा फेला पारेको स्रोतले जानकारी दियो । मन्त्री गुरुङले मतदान नगर्दा मुख्यमन्त्री गुरुङ नेतृत्वको सरकार स्वतः ढलेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement