काठमाण्डु– गुण्डागर्दी पृष्ठभूमिका गण्डकी प्रदेशका पूर्वमन्त्री राजिव गुरुङ उर्फ दीपक मनाङे काँग्रेसको शेरबहादुर देउवा समूहमा प्रवेश गरेका छन् ।
मनाङेलाई देउवा समूहले मनाङ संयोजकको जिम्मेवारी दिएको छ ।
देउवा पक्षको १५औँ महाधिवेशन तयारी समिति संयोजक डा. शशांक कोइरालाले मनाङेलाई सोमबार लिखित रुपमा उक्त जिम्मेवारी दिएका हुन् ।
मनाङे सोमबारै काँग्रेस प्रवेश गरेका थिए । पूर्वप्रधानमन्त्रीसमेत रहेका काँग्रेस निवर्तमान सभापति शेरबहादुर देउवा ६ महिना हङकङ बसेर स्वदेश फर्किंदा मनाङे गत २८ साउनमा उनको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
स्वतन्त्र उम्मेदवारी दिएर मनाङबाट प्रदेशसभा सदस्यमा निर्वाचित मनाङे यसअघि एकीकृत समाजवादीमा थिए ।
समाजवादी र तत्कालीन नेकपा माओवादी (केन्द्र) बीच एकीकरण भएर नेकपा बनेपछि उनी निस्क्रिय थिए ।




प्रतिक्रिया