दशैँमा नेपाली फिल्म रिलिजबारे दीपकराज गिरीकाे असन्तुष्टि


 काठमाण्डु- कोरोना सङ्क्रमणका कारण लामो समयदेखि बन्द भएका सिनेमा हलहरू असोज २१ गतेदेखि सञ्चालनमा आउने भएका छन् । हल सञ्चालन भएको पहिलो दिन भने हलिउड फिल्म फास्ट एण्ड फ्युरियस ९ रिलिज हुनेछ ।  त्यसपछि २६ गते मात्रै नेपाली फिल्महरू रिलिज हुने जनाइएको छ । फिल्म निर्मातासँग कलाकार दीपकराज गिरीले असन्तुष्टि पोखेका छन्  ।

उनले समाजिक सञ्जाल फेसबुकमार्फत फिल्ममेकरहरु सहज हुँदा भिड्ने तर अप्ठ्यारो समयमा भाग्न खोजिरहेको उल्लेख गर्दै असन्तुष्टि पोखेका हुन् ।  उनले फेसबुकमा लेखेका छन्, ‘ अहिलेको सङ्कटमा हामीलाई हल चलाउन विदेशी फिल्म नै चाहियो!! कमसेकम दशैँमा रिलिज गर्ने डेट तोकेर तयार भएर बसेका साथीहरूले त ऑट गर्नु पर्ने थियो नि!! सहज हुँदा एक आपसमा भिड्ने अप्ठेरो बेला चाहि।’

अहिलेसम्म ‘डाँडाको बरपिपल’ र ‘धन्दागिरी’ ले मात्रै २६ गतेको रिलिज टार्गेट सार्वजनिक गरेको छ । तर, पहिले नै रिलिज हुने भनिएका ठुला बजेटका फिल्महरूले भने हाल सम्म रिलिज डेट तय गर्न सकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement