रक्षामन्त्री पोखरेलको यस्तो छ लेवनान र पोल्याड भ्रमणमा जानुको रहस्य ?


काठमाडौं – उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेल लेवनान र पोल्याडका विभिन्न औपचारिक कार्यक्रममा सहभागी हुन शुक्रबार राती त्यसतर्फ प्रस्थान गरेका छन् । संयुक्त राष्ट्रसंघीय शान्ति मिसन अन्तर्गत लेवनानमा तैनाथ नेपाली शान्ति मिसनको निरीक्षण\अवलोकन तथा पोल्याण्ड सरकारको औपचारिक निमन्त्रणमा उहाँ शुक्रवार राती त्यसतर्फ प्रस्थान गर्न लाग्नुभएको हो ।

लेवनानमा रहँदा उहाँले शान्ति मिसन अन्तर्गत खटिएको नेपाली शान्ति सैनिकले बहन गर्दै आएको जिम्मेवारीबारे जानकारी लिनुहुनेछ । त्यसक्रममा समकक्षी याकुब रियाद एल सर्राफ सहित लेवनानका उच्च तहका पदाधिकारी तथा राजनीतिज्ञहरुसँग शिष्टाचार भेट गर्ने कार्यक्रम छ ।

राष्ट्रसंघले शान्ति मिसनमा सहभागी गराउंदै आएकोमा लेवनानस्थित युनिफिल मिसन नेपाली सेनाको सवैभन्दा पुरानो मिसन हो । सन् १९५८ देखि नेपाली शान्ति सैनिक यस मिसनमा खटिंदै आएका छन् । हाल यूनिफिल मिसनमा नेपाली सेनाको श्री बरख गण र मिलिटरी अब्र्जभर तथा स्टाफ अधिकृत गरि ८ सय ७२ शान्ति सैनिक तैनाथ छन् । उहाँले लेवनान भ्रमणका क्रममा नेपाली मिसनलाई राष्ट्रसंघले तोकेको जिम्मेवारीमा रहेर लेवनानको राजनीतिक संकट अन्त्य गर्न निर्वाह गरेको भूमिकाबारे विशेष सम्वोधन गर्ने कार्यक्रम रहेको छ ।

यसै गरि उहाँ लेवनानको दुईदिने भ्रमण पूरा गरी १९ गते पोल्याण्ड सरकारले आयोजना गर्न लागेको ‘डिफेन्स एक्सपो’ मा सहभागी हुन त्यसतर्फ प्रस्थान गर्नुहुनेछ । समकक्षी एन्टोनी मसिओएजको निमन्त्रणामा पोल्याड जान लाग्नुभएका उहाँले ‘एक्सपो’ सहभागी मुलुकका सेनाले प्रयोग गर्ने सैन्य सामग्रीलगायतको जानकारी समेत लिनुहुनेछ ।

साथैं, समकक्षी एन्टोनी मसिओएजसँग आपसी हित र सहायता आदानप्रदानबारे शिष्टाचार छलफल गर्नुहुनेछ । उपप्रधानमन्त्री पोखरेल दुवै मुलुकको भ्रमण पूरा गरि भदौं २३ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement