अनलाइनमा भिडियो गेम अर्डर गर्दा कन्डम डेलिभरी !


लन्डन – तपाईले अनलाइन शपिङ त प्रशस्त गर्नुभएको होला । तर तपाईले गरेको अर्डर भन्दा फरक बस्तु तपाईलाई सुम्पिया भने के होला ? हजुर बेलायतमा केही मानिसलाई यस्तै किसिमको घटना भएका छन् । यहाँ मानिसले अमेजनमा कुनै सामान अर्डर गरेकोमा कसैलाई ब्याट्रि तथा वासिङ पाउडर, कसैलाई टुथब्रस त कसैलाई कन्डम डेलिभरी भएको छ ।

डेली मेलका अनुसार लुसी हेन्डरसनले आफ्नो छोराको जन्म दिनमा उनलाई उपहार दिनका लागि नाइटेन्डो स्वीच नामको भिडिया गेम अर्डर गरेकि थिइन् । तर, जब उनको अगाडि सामान आयो उनी अचम्ममा परिन् । उनलाई डुरासेल ब्याट्रिका एक प्याक र वासिङ पाउडरको एक बट्टा डेलिभरी भएको थियो ।

पलादिन शाज नामका एक व्यक्तिलार्ई पनि यस्तै भएको छ । उनले पनि अमेजनबाट नाइटेन्डो स्वीच भिडियो गेम अर्र्डर गरेका थिए । तर उनलाई पनि ओरल बी टुथब्रस तथा दारी बनाउने एक रेजर डेलिभरी भएको थियो ।

यसैगरी विकी कारपेन्टर नामकी एक महिलाले आफ्नो छोरालाई क्रिशमसको उपहार दिनका लागि भिडियो गेम अर्डर गरेकि थिइन् । तर जब उनसामु एक तन्ना आयो उनको मन कुँडियो ।

जेक लरेन्स नामका एक व्यक्तिले पनि अमेजनबाट भिडियो गेमको अर्डर गरेका थिए । तर उनलाई पनि एक माइक्रोफोन डेलिभरी भएपनि उनी पनि अचम्ममा परे ।
सबैभन्दा अचम्म लाग्ने घटना त यो छ कि एक व्यक्तिले नाइटेन्डो स्वीच भिडियो गेमको कन्ट्रोलर अर्डर गरेकोमा उनी सामु एक कन्डम पुग्यो ।

यद्यपि यस किसिमका घटनाप्रति अमेजनले ग्राहकसँग माफि मागेको छ । अमेजनले प्राविधिक कारणले यस्तो भएको जनाएको छ । लगभग १२ मानिसलाई यस किसिमको घटना भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement