दिपावलीको पूर्वसन्ध्यामा दिल्लीमा तीव्र वायु प्रदुषण

दिपावलीको पूर्वसन्ध्यामा दिल्लीमा तीव्र वायु प्रदुषण

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दिपावलीको पूर्व सन्ध्यामा प्रदुषित धुवाँले भारतको राजधानी दिल्लीलाई ढाकेको छ भने हावाको गुणस्तर निरन्तर खराब बन्दै ३०० एक्यूआईभन्दा बढी रेकर्ड गरिएको केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डले रिपोर्ट गरेको छ ।

आनन्द बिहारमा बिहान ७ बजे हावाको गुणस्तर ३१५ एक्यूआई रेकर्ड गरिएको थियो भने बवानामा ३१९, अशोक विहारमा ३५१ र वजीपुरमा ३२७ रेकर्ड गरिएको छ ।

आयानगर र नयाँदिल्लीमा वायुको गुणस्तर क्रमशः २९० र २८४ एक्यूआई रेकर्ड गरिएको छ । यो निकै खराब मानिन्छ ।

प्रदूषणको स्तर उच्च रहेकाले कालिन्दी कुन्जको यमुना नदीमा विषाक्त फोम तैरिरहेको देखिएको थियो ।

यसैबीच मुम्बईको बान्द्रा रिक्लेमेसन क्षेत्रमा हावाको गुणस्तर मध्यम रहेको छ ।

यसैबीच भारतीय जनता पार्टी (भाजपा) दिल्लीका नेताहरूले सोमबार पञ्जाबमा पराल जलाउने १०८ वटा घटना दर्ता भएको रिपोर्ट गरेका थिए भने उनीहरूले वायु प्रदूषणको चिन्तालाई लिएर पन्जाबका मुख्यमन्त्री भगवन्त मानविरुद्ध विरोध प्रदर्शन समेत गरेका थिए ।

हाल विश्वको बढी प्रदूषित राजधानीमध्ये एक दिल्लीमा पछिल्ला वर्षहरूमा वायु प्रदूषण बढ्दै गएको छ ।