काठमाण्डु- दिल्ली विधानसभाको ७० सिटका लागि बुधबार मतदान भइरहेको छ । लोकसभा निर्वाचनमा इन्डिया गठबन्धनको हिस्सा रहेका पाँच दल यसपटक एकअर्का विरुद्ध प्रतिस्पर्धा गरिरहेका छन् । यसमध्ये, आम आदमी पार्टी (आप) र कांग्रेस सबै ७० सिटमा आमने सामने छन् ।
भारतीय कम्युनिस्ट पार्टी (सीपीआई) ले ६ सिटमा उम्मेदवारी दिएको छ । भारतीय कम्युनिस्ट पार्टी–माक्र्सवादी (सीपीएम) र भारतीय कम्युनिस्ट पार्टी–माक्र्सवादी लेनिनवादी (सीपीआई–एमएल) ले २–२ सिटमा आफ्ना उम्मेदवारहरू खडा गरेका छन् ।
भाजपाले ६८ सिटमा आफ्ना उम्मेदवारहरु खडा गरेको छ। गठबन्धन दलहरूलाई दुई सिट दिइएको छ । निर्वाचनको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ ।
निर्वाचन आयोगका अनुसार स्वतन्त्रसहित विभिन्न दलका कुल ६९९ उम्मेदवार चुनावी मैदानमा छन् ।
एसोसिएसन फर डेमोक्रेटिक रिफर्म्स (एडीआर)का अनुसार करिब १९ प्रतिशत अर्थात् १३२ उम्मेदवारहरूको आपराधिक छवि छ ।
यस्तै, ५ जना उम्मेदवारको सम्पत्ति १०० करोड रुपैयाँ वा सोभन्दा बढी छ । यी मध्ये ३ जना भाजपाका छन् भने कांग्रेस र आपका एक–एक जना छन् ।
आपका संयोजक अरविन्द केजरीवाल नयाँ दिल्ली सिटबाट निर्वाचन लड्दैछन् ।
प्रतिक्रिया