दिल्ली हिंसामा मृत्यु हुनेको संख्या ३२ पुग्यो


एजेन्सी- नागरिकता संशोधन कानुन (सीएए) को विषयलाई लिएर समर्थक र विरोधीबीच भएको झडपको हिंसामा परि मर्नेको संख्या ३२ पुगेको छ ।

स्वास्थ्य विभागका एक वरिष्ठ अधिकारीलाई उद्र्धृत गर्दै अहिलेसम्म हिंसाका कारण मर्नेको कुल संख्या ३२ पुगेको पीटीआइले जनाएको छ ।

दिल्लीको गुरु तेग बहादुर अस्पताल (जीटीबी अस्पताल) मा ३० जना र लोक नायक जयप्रकाश नारायण अस्पताल (एलएनजेपी अस्पताल) मा दुई घाइतेको मृत्यु भएको बीबीसीले जनाएको छ ।

गत चार दिनदेखि दिल्लीको उत्तर पूर्वी क्षेत्रमा जारी हिंसामा सयौंको संख्यामा मानिसहरु घाइते भएका छन् ।  नागरिकता संशोधन कानुनविरुद्ध ठूलो संख्यामा प्रदर्शन गरिरहेका नागरिकले आइतबार सडक अवरुद्ध गरेका थिए ।

सडक अवरुद्ध गरिएपछि जाफराबादमा उक्त कानुनको समर्थन गर्दै आएका नागरिकको समूह र विरोध गरिहरेको समूहबीच झडप सुरू भएको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement