भयावह बन्यो दिल्लीको प्रदूषण

भयावह बन्यो दिल्लीको प्रदूषण

खतराको तह भन्दा माथि, विद्यालय बन्द

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-भारतको राजधानी दिल्लीमा प्रदूषण उच्च्स्तरमा पुगेको छ । बढ्दो प्रदूषणका कारण आजदेखि विद्यालयहरू बन्द गरिएका छन् ।

वायु प्रदूषणले खतराको तह पार गरेपछि दिल्लीका सबै प्राथमिक विद्यालयहरू आजदेखि अनिश्चितकालका लागि बन्द गरिएको भारतीय पत्रिका नवभारत टाइम्सले जनाएको छ ।

दिल्ली सरकारका अनुसार जबसम्म वायु प्रदूषणको तहमा सुधार हुँदैन तबसम्म विद्यालय बन्द रहने र अनलाइन माध्यमबाट पढाइ हुनेछ । दिल्लीकी मुख्यमन्त्री आशितीले विद्यालय बन्द गर्न निर्देशन दिएकी हुन् । साथै दिल्लीमा हुने सबै निर्माण कार्य पनि आजदेखि बन्द गरिएका छन् ।

भारतको सिस्टम अफ एयर क्वालिटी फोरकास्टिङ एण्ड रिसर्च (सफर–इन्डिया) का अनुसार आज बिहान साढे ७ बजे दिल्लीको वायु गुणस्तर ४९८ मापन गरिएको छ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार एक्यूआई १०० सम्म सहन सकिन्छ । तर, त्योभन्दा धेरै भएको खण्डमा त्यो राम्रो भने होइन । दिल्लीको प्रदूषणको स्तरले हरेक वर्ष खतराको स्तर पार गर्दै आएको छ । तर, प्रदूषणको स्तरलाई नियन्त्रण गर्न खासै ठोस रणनीति अपनाइएको देखिँदैछ ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार प्रदूषणकै कारण हरेक वर्ष विश्वभर झन्डै ७० लाख समयभन्दा अघि जन्मेका शिशुहरूको मृत्यु हुने गरेको छ । वायु प्रदूषणका कारण दिल्लीमा हरेक वर्ष १० देखि ३० हजार मानिसको मृत्यु गरेको दिल्ली सरकारको तथ्याङ्क छ । गत वर्ष मात्रै प्रदूषणका कारण दिल्लीमा २० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।