दिल्ली रेलवेमा ज्यान गुमाएका १८ जनाका परिवारलाई जनही १० लाख क्षतिपूर्ति दिने घोषणा

दिल्ली रेलवेमा ज्यान गुमाएका १८ जनाका परिवारलाई जनही १० लाख क्षतिपूर्ति दिने घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–भारतको नयाँ दिल्ली रेलवे स्टेशनमा भागदौड मच्चिँदा १८ जनाको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् ।

दुर्घटना प्लेटफर्म नम्बर १३, १४ र १५ को बीचमा भएको थियो । महाकुम्भ जानका लागि शुक्रबार दिउँसोदेखि नै स्टेशनमा भीड जम्मा हुन थालेको थियो । भागदौडमा १४ महिला र ३ बालबालिकाको मृत्यु भएको हो।

राति करिब ८ः३० बजे प्रयागराज जाने ३ वटा रेल ढिलो आउँदा भीड बढेको थियो र भागदौड मच्चिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

यस्तै भारतीय रेलवेले ज्यान गुमाएका १८ जनाका परिवारलाई जनही १० लाख भारतीय रुपैयाँ क्षतिपूर्ति दिने घोषणा गरेको छ।

रेलवेले घटनामा गम्भीर घाइते भएकाहरूलाई २ लाख ५० हजार र सामान्य घाइतेलाई १ लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

रेलमन्त्री अश्विनी वैष्णवले घटनाको छानबिन गर्न आदेश दिएका छन्।