असार २४देखि राहदानी सेवा तीन दिन बन्द हुने (सूचनासहित)

असार २४देखि राहदानी सेवा तीन दिन बन्द हुने (सूचनासहित)

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु -राहदानी सेवा असार २४ गतेदेखि केही दिन बन्द हुने भएको छ । परराष्ट्र मन्त्रालयअन्तर्गतको राहदानी विभागले अहिलेको प्रणालीबाट राहदानी सेवालाई नयाँ प्रणालीमा लैजान लागेको भन्दै सेवा केही दिन बन्द रहने जनाएको छ ।

विभागले सूचना जारी गर्दै हालको प्रणालीबाट नयाँ प्रणालीमा जाँदा जिल्ला तथा ईलाका प्रशासन कार्यालय तथा विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा र विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुने जनाएको हो ।

जिल्ला तथा इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगबाट प्रदान गरिने राहदानी सेवा असार २४ देखि २६ गतेसम्म ३ दिन बन्द रहने छ । त्यसैगरी, राहदानी विभागबाट प्रदान गरिने राहदानी सेवा असार २५ र २६ गते दुई दिनसम्म बन्द हुनेछ ।

साथै, असार २९ गतेदेखि नयाँ प्रणालीमार्फत राहदानी सेवा नियमित रूपमा शुरु हुने विभागले जानकारी दिएको छ ।

विभागले यसअघि गत फागुन २८ गते नै विभागबाट प्रदान गरिने सेवा केही दिन बन्द हुन सक्ने सूचना जारी गरेको थियो।