काठमाण्डु- नेपाल राष्ट्र बैंकको गभर्नरमा विश्वनाथ पौडेल नियुक्त भएपछि डेपुटी गभर्नरहरूको कार्यविभाजन भएको छ ।
गभर्नर पौडेलले डेपुटी गभर्नरद्वय निलम ढुङ्गाना र बमबहादुर मिश्रको कार्य विभाजन गरेका हुन् ।
कार्यविभाजन अनुसार ढुंगानाले बैंक तथा वित्तीय संस्था नियमन विभाग, गैरबैंकिङ वित्तीय संस्था सुपरिवेक्षण विभाग, लघुवित्त सुपरिवेक्षण विभाग, विदेशी विनिमय व्यवस्थापन विभाग, मुद्रा व्यवस्थापन विभाग, संस्थागत योजना तथा जोखिम व्यवस्थापन विभाग, सम्पत्ति तथा सेवा व्यवस्थापन विभाग र सूचना प्रविधि विभाग तथा प्रदेश कार्यालयको जिम्मेवारी पाएकी छिन् ।
त्यस्तै मिश्रले बैंक सुपरिवेक्षण विभाग, वित्तीय संस्था सुपरिवेक्षण विभाग, आर्थिक अनुसन्धान विभाग, मौद्रिक व्यवस्थापन विभाग, भुक्तानी प्रणाली विभाग, बैङ्किङ विभाग, मानव संसाधन व्यवस्थापन विभाग र वित्त व्यवस्थापन विभाग पाएका छन् ।
गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिएपछि ढुंगाना कायम मुकायम गभर्नर बनेकि थिइन् । जसका कारण सबै विभागको जिम्मेवारी बमबहादुरलाई दिइएको थियो । नयाँ गभर्नर नियुक्त भएर आएपछि ढुङ्गाना डेपुटी गभर्नरमा फर्किएसँगै जिम्मेवारी बाँडफाँट गरिएको हो ।
प्रतिक्रिया