समाओका डेरियस विसरले तोडे दीपेन्द्रसिंह ऐरीको विश्वकीर्तिमान

समाओका डेरियस विसरले तोडे दीपेन्द्रसिंह ऐरीको विश्वकीर्तिमान


काठमाण्डु – समाओका क्रिकेटर डेरियस विसरले नेपालका क्रिकेटर दीपेन्द्रसिंह ऐरीको विश्वकीर्तिमान तोडेका छन् ।

समाओको राजधानी अपियामा भएको टी– २० अन्तर्राष्ट्रिय खेलमा २८ वर्षीय डेरियसले एकै ओभरमा ३९ रन जोड्दै नयाँ विश्वकीर्तिमान कायम गरेका छन् । उनले भानुआतुका नलिन निपीको ओभरमा ३९ रन जोड्दै नयाँ कीर्तिमान कायम गरेका हुन् ।

उनले दीपेन्द्रसिंह ऐरीले एकै ओभरमा बनाएको ३६ रनको कीर्तिमान तोडेका हुन् । दीपेन्द्रले गत वैशाख १ मा कतारविरुद्ध एकै ओभरमा ६ छक्का प्रहार गर्दै ३६ रन बनाएका थिए । उनले ओमानमा भएको खेलमा कतारका मध्यगतिका बलर कमरान खानलाई अन्तिम ओभरमा लगातार छक्का हानेका थिए ।

भानुवाताका बलरविरुद्ध चौका छक्काको वर्षात् गरेका विसरले ६२ बलमा १३६ रन बनाए । त्यस क्रममा उनले १४ छक्का र ६ छक्का प्रहार गरे ।

विसरले नेपालका ऐरीको मात्रै होइन एकै ओभरमा ६ छक्का प्रहार गर्ने भारतका युवराज सिंह र वेस्ट इन्डिजका किरन पोलार्डको पोलार्डको रेकर्ड पनि तोडेका छन् ।