देश छिर्न चोर बाटो

देश छिर्न चोर बाटो

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बैतडी – डिलाशैनी गाउँपालिका १ कोटपेटराका ४८ वर्षीय इन्द्रराज खत्री महाकालीमा नदी पौडिएर पार गरी नेपाल आए । नेपाल प्रवेश गर्ने पुल बन्द हुँदा पौडी खेलेर उनी नेपाल प्रवेश गरेका हुन् । तस्बिर स्वास्थ्य खबरबाट लिइएको हो ।

काठमाडौं । कोरोना संक्रमणको सन्त्रासपछि सरकारले भारत र चीनसँगको सीमा नाका बन्द गरे पनि अझै धेरै नेपाली लुकीछिपी चोर बाटो हुँदै स्वदेश प्रवेश गर्दै आइरहेका छन् ।

विभिन्न मुलुकबाट नेपाल आएका विदेशी नागरिकलाई सम्बन्धित देशकै सरकारको पहलमा विमान नै पठाएर उनीहरूलाई फिर्ता लग्ने क्रम जारी रहेका बेला नेपाली भने आफ्नै मुलुक आउनसमेत चोर बाटो प्रयोग गर्न बाध्य भइरहेका छन् ।

सोमबार मात्रै देशको पश्चिमी नाकाबाट महाकाली नदी तरेर नेपालतर्फ प्रवेश गर्न लाग्दा प्रहरीले एक नेपाली नागरिकलाई पक्राउ गरेको थियो । यसैगरी, केही दिनअघि दार्चुलाका एक व्यक्तिसमेत ट्युबको सहारामा महाकाली नदी तरेर भारतबाट चोर बाटो हुँदै नेपाल छिरेका थिए ।

प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईले सरकारले पटक–पटक नाकामा अलपत्र परेकालाई स्वदेश ल्याएको भन्दै हाल भने कोही अलपत्र अवस्थामा नरहेको बताए ।याे समाचार राजधानी दैनिकमा छ ।