सभापति देउवासँग साना ३ दलका अध्यक्षहरूको छलफल, वैकल्पिक गठबन्धनको कसरत


काठमाण्डु – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग साना ३ दलका अध्यक्षहरूले छलफल गरेका छन् ।

सभापति देउवाले निजी निवास बूढानीलकण्ठमा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) अध्यक्ष महन्थ ठाकुर, नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रेशम चौधरी र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतसँग छलफल गरेका छन् ।

छलफलमा वैकल्पिक गठबन्धन बनाउने कसरतबारे छलफल भएको स्रोतले जनाएको छ ।

छलफलमा कांग्रेस सभापति देउवासँगै उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा, वरिष्ठ नेता डा. शेखर कोइराला, नेता रमेश लेखक लगायत सहभागी थिए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पुरानो गठबन्धन छाडेर नेकपा एमालेसँग मिल्न गएपछि कांग्रेसले छुट्टै गठबन्धन बनाउन खोजेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement