देउवाको प्रश्न- एमालेले मदन भण्डारीको हत्यारा किन पत्ता लगाएन ?


काठमाण्डु- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मदन भण्डारीको हत्यारा पत्ता किन नलगाएको भन्दै एमालेसँग प्रश्न गरेका छन् ।

मंगलवार नेकपा एमालेले आयोजना गरेको नेकपा हीरक महोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले विद्यादेवी भण्डारी दुई पटक राष्ट्रपति भएको र एमालेका नेताहरु पटक -टक प्रधानमन्त्री भएपनि मदन भण्डारीको मृत्यु किन भयो भन्नेबारे किन छानबिन नगरेको भन्दै प्रश्न गरेका हुन् ।

सभापति देउवाले एमालेले कांग्रेसलाई गालि गरेको बताउँदै आक्रोशित बनेका थिए । उनले एमालेलाई मदन भण्डारीको हत्यारा पत्ता लगाउन चुनौती दिए ।

‘मदन भण्डारीको विषयमा मेरो राम्रै कुरा गर्ने इच्छा थियो । तर, अहिले बीचमा आएर उहाँहरुले कांग्रेसलाई गाली गर्नुभयो । एमालेले गाली गरेपछि मैले जवाफ दिनु परिहाल्यो । मलाई गाली गर्नेहरुले मदन भण्डारी मारेको कुरा किन भन्न सक्दैन ? रहस्यमय ढंगले मारिएको छ, कसले रोकेको छ खोज्नलाई ? कांग्रेसले रोक्या हो ? आफू खोज्न नसक्ने कांग्रेसलाई गाली गरेर हिँड्ने ? हुँदाहुँदा उसको डाइभर पनि मारियो । त्यो पनि पत्ता लागेको छैन । कांग्रेसको विरोध गर्न सजिलो होला । तर, आफ्नो कुरा पनि भन्नुपर्‍यो नि । दुई पटक राष्ट्रपति बन्नुभयो । सबै प्रधानमन्त्री बनिसके खोइ पत्ता लागेको ? त्यसैले मलाई गाली गरेर केही हुनेवाला छैन । पत्ता लगाउनुस् ।’, देउवाले भने ।

प्रतिक्रिया दिनुहोस
Advertisement